२१ कार्तिक २०८३, शनिबार

प्रहरी महानिरीक्षक खनालले प्रदान गरे दर्ज्यानी चिन्ह

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका तथा खुल्ला प्रतियोगिताबाट प्रहरी निरीक्षकमा नयाँ नियुक्ती भएका विभागीय प्रहरी अधिकृतहरुलाई शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नती भएका २७ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका ४९ जना तथा नयाँ नियुक्त प्रहरी निरीक्षक ७५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह लगाइदिए । पदोन्नती भएकामध्ये एकजना प्रहरी उपरीक्षक तथा ६ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिए ।

संगठनको नीति र उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी दृढतापूर्वक पुरा गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक खनालले अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिहरूप्रति कठोर भई निर्भिकताकासाथ काम गर्नुपर्ने बताए ।

प्रहरी कर्मचारीलाई सम्पादित कामको आधार, अनुभव र अन्य मूल्याङ्कनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने उनले बताए ।