३ कार्तिक २०८३, मंगलबार

के रामोसले रोनाल्डो घाइते बनाउँछन् ?

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । स्पेनी क्लव रियल म्याड्रिडका दुई उधुमदार खेलाडी क्रिश्चियानो रोनाल्डो र सर्जियो रामोस् आजराती प्रतिद्वन्द्वी टिमबाट रसियाको सोची स्टेडियममा उत्रिँदैछन् ।

च्याम्पियन्स लिगमा लिभरपुलका स्ट्राइकर महोम्मद सलाहलाई घाइते बनाएर मैदानबाट बाहिर निकाल्ने रामोस्ले स्पेनका तर्फबाट खेल्दा रोनाल्डोलाई मैदान छाड्न बाध्य पार्लान् ? यो प्रश्न सर्वत्र उठेको छ ।

यद्यपि, पोर्चुगल र स्पेनको खेल भयानक हुने अनुमान धेरैले गरेका छन् । पोर्चुगलको समर्थनका लागि रोनाल्डोकी गर्लफ्रेन्ड जियोरजिना रोड्रिग्वेजले फोटो सुट गराएकी छन् । उनी पोर्चुगलको समर्थनमा छिन् ।

यस्तै सर्जियो रामोसकी पत्नी पिलार रुवियोले पनि हट तस्बिर सूट गराएर स्पेनको समर्थन जनाएकी छन् ।

छिमेकी र स्पर्धी स्पेन र पोर्चुगलले विश्वकप फूटबल २०१८ को समुह चरणमै पहिलो खेल शुक्रबार राती पौने १२ बजे भिँड्दैछन् ।

समुह बी अन्तर्गत यो खेल हुन लागेको हो । स्पेनका राष्ट्रिय प्रशिक्षक जुलेन लोपेटगुईले रियल म्याड्रिको प्रशिक्षकमा सम्झौतापछि स्पेनले उनलाई बर्खास्त गरेको थियो । धेरैले पोर्चुगल माथि रहेको अनुमान गरेका छन् तर स्पेनले त्यसलाई प्रमाणित हुन दिनेछैन ।

ओलम्कि स्टेडियम सोचीमा हुने खेलमा विश्वकप विजेता स्पेन र युरोकप विजेता पोर्चुगलको घमासान स्पर्धा हुनेछ ।

स्पेन र पोर्चुगलले अहिलेसम्म ३६ वटा खेल खेलेका छन् । त्यसमा १८ वटा स्पेनले जीतेको छ । २०१२ मा भएको युरोकपको सेमिफाइनलमा स्पेनले पेनाल्टीमा जितेपछि यो दुई देशबीच भेट भएको छैन ।