८ कार्तिक २०८३, आइतबार

माघ ८ मा जबर्जस्ती संविधान जारी गर्ने कुरा गलत : भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam

काठमाडौँ, २३ पुस । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले विगतको जनयुद्ध र जनआन्दोलनको भावनालाई आत्मसात् गरेर मात्रै जनताको संविधान बन्ने बताउनुभएको छ ।

युवा लेखक तारालाल श्रेष्ठको पुस्तक ‘बल्झिरहने अतीत, अल्झिरहने वर्तमान’को मंगलबार विमोचन गर्दै उहाँले आगामी माघ ८ मा संविधान जारी गर्ने नाममा सबै प्रक्रियालाई मिचेर अगाडि बढ्नाको कुनै अर्थ छैन भन्नुभयो ।

उहाँले आगामी संविधानमा दलितलाई विशेष अधिकार दिनुपर्ने बताउँदै आगामी माघ ८ मा नै जबर्जस्ती संविधान जारी गर्ने भन्ने कुरा गलत भएको बताउनुभयो ।