५ कार्तिक २०८३, बिहिबार

सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवाना गरिनुपर्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १ असार । विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवानासहितका कारबाही गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानूनसम्बन्धी विषयमा बिहीबार पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

जिल्लाका शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिले सुर्तीजन्य पदार्थको प्रयोगबारे बालबालिकालाई कसरी टाढा राख्न सकिन्छ भन्ने र कानूनी प्रावधानका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत कृष्णचन्द्र पोख्रेलले विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गर्न नपाइने प्रावधान रहेको भन्दै यदि त्यसो गरेको पाइएमा रु १०० जरिवानासहितका कारबाही रहेको जानकारी दिनुभयो ।

उहाँले शैक्षिक संस्था अनुगमनका क्रममा क्यान्टिनमा जंक फुड बिक्री वितरण गर्न नपाइने जानकारी गराउँदै १०० मिटरभित्र सुर्तीजन्य पदार्थको प्रयोग नपाउनेसमेत बताउनुभएको थियो ।

त्यस्तै गरी, कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक राजेशप्रसाद अधिकारी, नेपाल रेडक्रसका सोसाइटी कावासोती उपशाखाका उपसभापति वेदप्रसाद न्यौपाने, स्वास्थ्यकर्मीलगायतले सुर्तीजन्य पदार्थका दुव्र्यसनी समाजमा जटिल समस्या बन्दै गएको भन्दै यसलाई जरैबाट निर्मूल पार्न आवश्यक कदम चाल्नुपर्ने बताएका थिए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य यसको औचित्यबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा प्रहरी, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा जिल्लाका पत्रकारको उपस्थिति रहेको थियो । -रासस