४ कार्तिक २०८३, बुधबार

हाइलाइटका मालिकले भेटे निर्माताको दनक

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म निर्माता र म्युजिक भिडियो निर्माण गर्नेहरूलाई चरम शोषण गर्दै आएको आरोप लागेका हाइलाइट नेपालका मालिक ओम गुरुङले दनक भेटेका छन् । फिल्म ‘लालपुर्जा’का निर्माता र निर्देशकहरूले कार्यालयमै पुगेर गुरुङलाई हातपात गरेका हुन् ।

कुटपिट भएपछि कुरा ललितपुर प्रहरी समक्ष पुगेको थियो । मंगलबार पुलचोकस्थित प्रहरी वृतमा मिलापत्र भएको छ । सोमबार चलचित्रका निर्देशक निगम श्रेष्ठ, निर्माता विक्रमसिंह थारु लगायतको समूह पुल्चोकस्थित कार्यलयमा पुगेर हाइलाइटका मालिक गुरुङलाई कुटपिट गरेका थिए ।

घटना सोमबार साँझ करिव पाँच बजेतिर भएको थियो । ५–६ जनाको समूहले आफूलाई कार्यलयमै आएर कुटपिट गरेको गुरुङले बताएका छन् । कुटपिटबाट टाउको र हातमा चोट लागेको उनको भनाइ छ । चलचित्र ‘लालपुर्जा’का निर्माता बिक्रमसिंह थारुले हाइलाइट नेपालका ओम गुरुङसँग सामान्य विवाद मात्रै भएको बताएका छन् ।

हाइलाइट नेपाल र चलचित्र ‘लालपूर्जा’ निर्माण युनिटबीच केही समयदेखि आर्थिक लेनदेनको विवाद रहँदै आएको थियो । हाइलाइट नेपालले चलचित्रको डिजिटलसहित विदेश राइट लिएको पैसा नदिएको कारण फिल्म निर्माण पक्ष रिसाएको थियो । ‘लालपुर्जा’ चलेको फिल्म होइन ।

नक्कली नेपाली पैसा छापेको काण्डमा पक्राउ परेका माधव वाग्लेले पनि यो फिल्ममा लगानी गरेका थिए । तर, उनको विवादास्पद क्रियाकलापका कारण निर्माण पक्षले पैसा फिर्ता गरेर निकालिदिएको थियो ।

डिजिटल राइट किनेका हाइलाइटका गुरुङले पूर्वसहमतिअनुसार ५० लाख नदिएपछि निर्माण पक्ष रिसाएको थियो । गुरुङले फिल्म निर्माण पक्षलाई ३५ लाख मात्रै दिने भनेर दवाव दिँदै आएका थिए । त्यसपछि विवादले उग्ररुप लिएपछि कार्यालयभित्र गुरुङले कुटाइ खाएका हुन् ।

‘लालपुर्जा’लाई निगम श्रेष्ठले निर्देशन गरेका छन् । सौगात मल्ल, मेनुका प्रधान, विपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरासिया, मिरुना मगर लगायतको अभिनय छ । मधेशी र पहाडीहरूको कथा फिल्ममा छ ।