२१ कार्तिक २०८३, शनिबार

काभ्रेमा पहिरो जाँदा बीपी राजमार्ग बन्द

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, १ असार । काभ्रे जिल्ला अन्तर्गत बीपी राजमार्गमा पहिरो जाँदा सडक बन्द भएको छ ।

अविरलको वर्षाले खहरे खोलामा आएको लेदोले रोशी गाउँपालिका–९, कालढुंगामा पहिरो खस्दा राजमार्गको आवागमन प्रभावित बनेको हो ।

पहिरोले दुईतर्फकै सडक अबरुद्ध हुँदा आज बिहान पाँच बजेदेखि नै आवागमन ठप्प भएको छ । काठमाडौंबाट पूर्व जाने गाडी र पूर्वबाट काठमाडौं भित्रिने गाडीहरू सडकमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।

प्रहरीले अबरुद्ध बाटो खुलाउन प्रयास भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार, सडकमा आएको अवरोधबारे सडक डिभिजन कार्यालयलाई जानकारी गराइएको छ भने प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको छ ।