नयाँ दिल्ली, १ असार । भारतको राज्य जम्मू–कश्मीरको राजधानी श्रीनरमा अज्ञात समूहले वरिष्ठ पत्रकारको गोली हानी हत्या गरेको छ ।
राइजिङ कश्मीरका सम्पादक वरिष्ठ पत्रकार सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्या भएको हो ।
श्रीनगरका प्रहरी अधिकारीका अनुसार ४८ वर्षीय बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरस्थित आफ्नो अफिस प्रेस इनक्लेवबाट निस्किएर रमजानको अन्तिम ब्रतको पार्टीमा जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो ।
भारतीय सञ्चार माध्यमहरूले जम्मू(कश्मीरका डीजीपी एसपी वैदलार्इ उद्धृत गर्दै लेखेका छन्, ‘मोटरसाइकलमा सवार हमलाकारीले साँझ करीब ७ः१५ बजे बुखारीमाथि आक्रमण गरेका हुन् ।’
हमलामा बुखारीसँगै रहेका उनका सुरक्षा गार्डको पनि मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सुजातको हत्याप्रति जम्मू(कश्मीरकी मुख्यमन्त्री महबुबा मुफ़्तीले शोक व्यक्त गरेकी छिन् । उनले ट्विटरमा भनेकी छिन्, ‘सुजात बुखारीको हत्या गरिनु आतंकवादको जघन्य अपराध हो । त्यो पनि इदको ठीक पहिले यो आक्रमण गरिएको छ । हामी त्यो मानिसहरूविरुद्ध एकजुट हुनु आवश्यक छ । किनकी उनीहरू शान्तिलाई भंग गर्न चाहन्छन् ।’
यसअघि सुजात बुखारीमाथि सन् २००० मा पनि आक्रमणको प्रयास भएको थियो । सोही आक्रमणपछि उनलार्इ प्रहरीले सुरक्षा दिन थालेको थियो । एजेन्सी















प्रतिक्रिया