
काठमाडौँ, ३१ जेठ । माछापुच्छ्रे बैंकले एकैदिन थप चार वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बिहीबार सप्तरीको कृष्णसावरन गाउँपालिका, भोजपुरको ट्याम्के मैयुंम गाउँपालिका, दार्चुलाको मालिकाअर्जुन गाउँपालिका र धनुषाको नगराइन नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका ४ गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।
उक्त शाखाहरु समेत बैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८१ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर लगायत २१ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १०४ स्थानबाट ग्राहकलाई सेवा दिदै आएको छ । साथै, बैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।















प्रतिक्रिया