८ कार्तिक २०८३, आइतबार

काँग्रेसले प्रचण्डलाई देखायो ‘राष्ट्रपति’ पदको हरियो घाँस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dilendra-prasad-baduबागलुङ, २२ पुस । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले एमाओवादीलाई सत्ता चाहिएको हो भने काँग्रेस दिन तयार रहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियनले मंगलवार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बडुले त्यसका लागि एमाओवादी माघ ८ मा संविधान जारी तयार हुनुपर्ने सर्त अघि सार्नुभयो ।

‘गिभ एण्ड टेक’का लागि काँग्रेस तयार रहेको भन्दै उहाँले काँग्रेसका लागि संविधान पहिलो प्राथमिकता भएको प्रष्ट पार्नुभयो ।

‘काँग्रेसका लागि सत्ता गौण विषय हो,’ उहाँले भन्नुभयो, ‘सहमतिमा संविधान आए प्रचण्डलाई राष्ट्रपति स्वीकार गर्न सकिन्छ ।’