३ कार्तिक २०८३, मंगलबार

यी रंगशालामा हुनेछन् विश्वकपका प्रतियोगिता, बिहीबार राति पहिलो खेल

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । विश्वकप फुटबल नेपाली समयअनुसार बिहीबार राति पौने ९ बजेदेखि रुसमा सुरु हुँदैछ । उद्घाटन खेल आयोजक रुस र एसियाली देश साउदी अरेबियाबीच हुनेछ ।

विश्वकपमा ३२ देशका ७३६ खेलाडीले ६४ खेलमा प्रतिस्पर्धा गर्नेछन् । विश्वकपका ३२ दिनमा ११ शहरका १२ रंगशालमा लाखौँ दर्शकले खेल हेर्नेछन् । विश्वभर ३ अर्बभन्दा बढी दर्शकले टेलिभिजनमार्फत खेल हेर्ने अनुमान छ ।

विश्वकपका खेल हुने रुसका शहरहरूमा राजधानी मस्को, सेन्ट पिटर्सबर्ग, कजान, सोची, नाइजनी नोभगोरोड, समारा, रोस्तोभ अन डोन, इकाटेरिनबर्ग, कलिनिनग्राद, भोल्गोग्राद र सारांस्क रहेका छन् ।

राजधानी मस्कोमा दुई रंगशाला छन् । अरु सबैमा एक–एक रंगशाला रहेका छन् । एजेन्सी