
काठमाडौँ, ३० जेठ । प्रगतिशील लेखक संघले यो पटकको परिसम्वाद कार्यक्रममा थाहा चिन्तनका विषमया चर्चा गर्ने भएको छ ।
संघको केन्द्रीय समितिले हरेक महिनाको पहिलो शुक्रबार गर्दै आएको प्रलेस परिसम्वाद कार्यक्रम अन्र्तगत १५ औँ श्रृखंलामा रुपचन्द्र विष्ट र थाहा चिन्तनका विषयमा चर्चा गर्न लागिएको उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा. पुष्करराज भट्टले जानकारी दिए ।
असार १ गते दिउँसो साढे २ बजे संघको केन्द्रीय कार्यालय बागबजारमा हुने कार्यक्रममा सामाजिक आन्दोलनका अभियन्ता एवं राजनीतिक विश्लेषक श्याम श्रेष्ठले विष्ट र थाहा चिन्तनका विषयमा आफ्ना विचार राख्नेछन् ।
संघको स्थापना २००९ साल असोज ९ गते श्यामप्रसाद शर्माको अध्यक्षतामा भएको हो । वाम लेखकहरुको साझा संगठनका रुपमा रहेको प्रलेसको अहिले देशका ४० जिल्लामा शाखा विस्तार भएको छ । अन्य जिल्लामा शाखा विस्तारको क्रममा रहेको छ ।
संघको केन्द्रीय नेतृतव मातृका पोखरेलले गरिरहेका छन् ।












प्रतिक्रिया