काठमाडौँ, २२ पुस । स्वास्थ्यमा समस्या देखिएपछि अर्थमन्त्री डा रामशरण महत राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।
सोमबार अपराह्न ५ः३० बजेदेखि अचानक पेट दुख्न थालेपछि उहाँलाई अस्पाताल भर्ना गरिएको हो । उहाँको उपचारमा संलग्न चिकित्सक टोलीका फिजिसियन डा मधु घिमिरेका अनुसार प्रारम्भिक परीक्षणका क्रममा डा महतको पित्तथैलीमा पत्थरी देखिएको छ ।
पत्थरीको शल्यक्रिया छ हप्तापछि गर्नुपर्ने सुझाव चिकित्सकहरूले दिएको उहाँका स्वकीय सचिव रमेश महतले जानकारी दिनुभयो । रासस
















प्रतिक्रिया