२ कार्तिक २०८३, सोमबार

जमिनमुनिको ताललाई गाउँपालिकाले पर्यटकीय स्थल बनाउने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मीना बुढाथोकी

सल्यान, ३० जेठ । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका –३ ढुंगेबजार नजिकै एउटा जमिनमुनि ताल रहेको छ ।

ढुंगेबजारदेखि करिब डेढ किलो मिटरमाथि रहेको पाति हाल्ने ढुंगामुनिको जमिन मुनि रहेको सुन्दर ताल र माथिबाट झर्ने झरना एउटा प्राकृतिक र मनोरम ठाउँ मानिन्छ । गर्मीयामको खडेरीमा पनि शीतल पानीको आनन्द लिन सकिन्छ् ।

चारैतिर हरियो डाँडा रहेको र ढुंगैढुंगाको बीचबाट सफा र सुन्दर पानी मनै लाभ्याउने गरि बगी रहेको देख्न सकिन्छ । खडेरीको समयमा पनि जिल्लाको प्रमुख नदी शारदा नदीभन्दा पनि धेरै पानी रहेको उक्त झरनाको पानी जमिनमुनिको तालमा जाने गरेको स्थानीय बताउँछन् ।

माथि झरनाबाट पानि खस्ने र तल तालमा जाने दृश्यले एकदम मनै लोभ्याउने गर्दछ । सानो क्षेत्रफलमा फैलिएको सो तालको गहिराइ कति छ भन्ने कुरा अहिलेसम्म एकिन भई नसकेको ३ नम्बर वडा अध्यक्ष हुकुमप्रसाद महाताराले बताए । उनका अनुसार दुईओटा जिआइ पाइप जोडेर करिब १८ मिटर लामो तालमा डुबाउदा पनि जमिन नभेटिएको हो ।

थोरै क्षेत्रफल र धेरै गहिराइमा रहेकाले यस तालको नाम जमिन मुनिको ताल राखिएको वडा अध्यक्ष महतराले बताए । उनले भने, ‘यो ठाउँ एउटा प्रकृतिको बर्दान हो, यो ताल वरिपरि ढुंगाको ठुलो चट्न छ, झरना बाट ठुलो पानि बगेर तालमा जान्छ, यसलाई हामि पर्यटकीय क्षेत्र बनाउने निर्णय गरेका छौं ।’