
हुम्ला, २९ जेठ । हुम्ला कर्णाली नदीमा नुहाउन जाँदा डुवेर एक जना वेपत्ता भएका छन् । जाजरकोट जिल्ला वारेकोट गाउँपालिका वडा नं ३ का २४ बर्षिय नरेन्द्र सिंह कर्णाली नदीमा नुहाउन जाँदा डुवेर वेपत्ता भएका हुन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं १ अन्तर्गत सुनाखाडामा सोमवार दिउँसो नुहाउने क्रममा नदीले बगाएर वेपत्ता भएका हुन् ।
खच्चड व्यवसाय गर्दै आएका सिंह सिमकोटबाट खच्चड लगेर मुगुतर्फ गई रहेका बेला गर्मी भएपछि कर्णाली नदीमा नुहाउन जाँदा डुवेर वेपत्ता भएको उनका साथी ललित सिंहले जानकारी दिए ।
वेपत्ता सिंहको खोजी भई रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया