१ कार्तिक २०८३, आइतबार

माघ ८ पछि सुशील कोइरालाको राजीनामा, केपी ओली प्रधानमन्त्री : मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-basnet

काठमाडौँ, २२ पुस । उद्योगमन्त्री एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतले माघ ८ पछि प्रधानमन्त्री सुशील कोइरालाको सरकार फेरिनुपर्ने बताउनुभएको छ ।

युवा संघ नेपालको दुई दिने कार्यशालामा मन्त्री बस्नेतले घुमाउरो शैलीमा माघ ८ पछि प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले माघ ८ मा संविधान जारी भएपनि नभएपनि नैतिकताका आधारमा वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री बस्नेतले भन्नुभयो, “काँग्रेस र एमालेको वर्तमान सरकार माघ ८ मा संविधान जारी गर्न बनेको हो, माघ ८ पछि नेकपा (एमाले) अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ ।”

सभामुखले दु्रतमार्गबाट माघ ८ मा संविधान जारी गर्न नसके पनि संविधानको मस्यौदासम्म जारी गर्ने प्रस्ताव गर्नु राम्रो पक्ष भएको भन्दै उहाँले त्यसमा नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी) र मधेसी दल पनि मिल्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बस्नेतले सामाजिक सद्भाव कायम गर्ने, विकेन्द्रीकरणको अवधारणा बोकेको, हिमाल, पहाड र तराई सबै नेपाली एकताबद्ध भएर मिलेर बस्ने खालको सङ्घीयता मुलुकलाई आवश्यक भएको भन्दै जातीय आधारमा सङ्घीयता बन्दा राष्ट्रको हित नहुने विचार व्यक्त गर्नुभयो ।