
काठमाडौँ, २९ जेठ । कतार एयरवेजले कम्पनीको नयाँ अष्ट्रेलियन गन्तव्य, क्यानबेराको उडानमा, सिड्नीमार्फत जुलाई १, २०१८ देखि आफ्नो पुरस्कृत बिजनेस क्लास सेवा, क्यूसुइट, सुरुवात गर्ने घोषणा गरेको छ ।
फेब्रुअरी २०१८ बाट सञ्चालनमा आएको क्यान्बेरा मार्गको सुरुवातको छ महिना नबित्दै एयरलाइन्सले यो घोषणा गरेको हो । दोहादेखि क्यानबेराको उडानले सिड्नीमार्फत दैनिक दुईवटा उडानले त्यहाँका बासिन्दाहरुलाई कतारी क्षेत्रसँग जोड्दछ ।
सुरुवातमा यस उडान मार्गमा क्यूसुइटको सेवा साप्ताहिक चार पटक प्रदान गरिने छ भने दैनिक सेवा १ अगस्ट २०१८ बाट प्रारम्भ हुनेछ ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, ‘यसको सुरुवातदेखि नै क्यूसुइट विश्वव्यापी रुपमा आकर्षणको मुख्य केन्द्र बनेको हो, र हामी यस उत्कृष्ट सेवा हाम्रो क्यानबेरा तथा सिड्नी उडान मार्गमा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ । क्यूसुइटसँगै हामीले बिजनेस एवं लक्जरी यात्रालाई एक नयाँ पहिचान दिलाएका छौँ, र हामी विश्वस्त छौँ यस शानदार सेवा अष्ट्रेलियन यात्रुहरुका लागि एक थप आकर्षण हुनेछ ।’
संसारभरिका यात्रीहरुद्वारा स्काइट्रेक्स २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित हुनुको साथै कतार राज्यको यस राष्ट्रिय विमान सेवाले गत वर्षको समारोहमा ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’, ‘विश्वको सर्वश्रेष्ठ बिजनेस क्लास’ तथा ‘विश्वको सर्वश्रेष्ठ फस्र्ट क्लास एयरलाइन लाउन्ज’ सहित विभिन्न महत्वपूर्ण पुरस्कारहरु हात पारेको थियो ।
कतार एयरवेज, कतार राज्यको राष्ट्रिय वाहकले १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै आएको छ । एयरलाइनले २०१८ मा थेस्सालोनिकी, ग्रीस र कार्डिफ, बेलायत सहित अन्य धेरै रोमाञ्चक नयाँ स्थानहरू यसको बढ्दो नेटवर्कमा थप्दै आफ्नो २०० भन्दा बढी आधुनिक एयरक्राफ्टमा यात्रुहरूलाई उडाउने योजना बनाएको छ ।















प्रतिक्रिया