३ कार्तिक २०८३, मंगलबार

को बन्लान् प्रधानन्यायाधीश ?

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । ‘हो म मित्रताको हिसाबले, पारिवारिक रूपमा प्रचण्डसँग भेट गर्न विदाका दिन पारेर खुमलटार पुगेको हुँ’, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले केही महिना अघि मिडियाबाट स्पष्टीकरण दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको स्वीकार गरेका थिए ।

तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीले नागरिकता विवादपछि राजीनामा दिए । उनलाई न्याय परिषदका सचिवले नै पदमुक्त भएको पत्र दिएपछि उनको राजीनामा आएपछि बरिष्ठताको आधारमा जोशीले कायमुकायमको जिम्मेबारी पाएका थिए । हालसम्म सर्वोच्च अदालतमा बरिष्ठता मिचिएको छैन । तर, इतिहासमा नै धव्वा लाग्नेगरी प्रधानन्यायाधीशलाई महाअभियोग भने लगाइएको थियो । त्यो भुंग्रोमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की परेकी थिइन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली पारित भएपछि संवैधानिक निकायका प्रमुख नियुक्तिको बाटो खुलेपछि पहिलो चरणमा नै सर्वोच्च अदालतलाई नेतृत्व दिन प्रधानमन्त्री केपी शर्मा ओली तम्सिएका छन् ।

मंगलबार साँझ उनले संवैधानिक परिषद्को अध्यक्षको हैसियतले न्याय परिषदले सिफारिस गरेका तीन न्यायाधीश मध्यबाट एक जनालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेका छन् । जसको दौडमा जोशीसहित ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा पनि छन् ।

प्रधानन्यायाधीशमा पनि नेताहरूको इच्छा बाझ्न सकिने देखिएको छ । प्रधानमन्त्री ओली चोलेन्द्रलाई प्रधानन्यायाधीश नियुक्ति गर्न इच्छुक देखिएका छन् भने प्रचण्ड जोशीलाई नै कायम राख्नुपर्नेमा छन् । तर लाइनमा रहेका अन्य न्यायाधीशलाई हेर्दै ओली चोलेन्द्रका लागि सक्रिय छन् । जसको लविङ ओलीनिकटस्थहरूले पनि गरिरहेका छन् ।

न्यायालयमा हस्तक्षेप गर्नहुन्न भन्ने आवाजका कारणले जोशीको विकल्प कठिन छ । तर तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको रिटमा महाअभियोगविरुद्ध फैसला दिएर चोलेन्द्र ओलीको नजरमा परेका थिए । राजनीतिक रूपमा भने चोलेन्द्र नेपाल कम्युनिस्ट पार्टीसँग नजिक होइनन्, उनलाई दरबार नजिकको ठानिन्छ ।