काभ्रे, २२ पुस । छोरी बलात्कार गर्ने एक अभियुक्तलाई काभ्रे जिल्ला अदालतले १८ बर्ष जेल र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायधीश गोपालप्रसाद बास्तोलाको एकल इजालसले मंगलबार यस्तो फैसला सुनाएको हो।
जबरजस्ती करणी ३ (४) नं. बमोजिम ८ वर्ष कैद र २ नं. हाडनाता करणी १० वर्ष गरी १८ वर्ष कैद र दुई लाख रुपियाँ सहितको क्षतिपूर्तिको फैसला भएको जिल्ला अदालत काभ्रेले जनाएको छ ।
गत भदौमा काभ्रे बनेपाकी एक युवतीले आफ्नै बुवाबाट बलात्कृत भएको भन्दै उजुरी गरेकी थिइन् । पनौतीको सुब्बा गाउँ बस्ने प्रकाश कार्कीबाट विगत ६ वर्ष देखि लगातारबलात्कृत भएको आरोप उनीले लगाएकी थिइन् ।















प्रतिक्रिया