४ कार्तिक २०८३, बुधबार

गायिका प्रिती आलेको ‘बइना’मा साल्साको फ्युजन (भिडियो)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्टाइलिस गायिका प्रिती आलेले ‘बइना’ बोलको लोक शैलीको आधुनिक गीत रिलिज गरेकी छिन् ।

गायिका आलेलाई गायक माधव थापाले स्वरमा साथ दिएका छन् । शब्द र संगीत पनि थापकै हुन् । नयाँ बाजाहरूको फ्युजनसहित तयार गरिएको ‘बइना’ले युट्युबमा राम्रो भ्यु पाएको छ ।

म्युजिक भिडियोमा गायिका आले आफैले अभिनय गरेकी छिन् । उनको नृत्य पनि साल्सा शैलीमा देख्न सकिन्छ । म्युजिक भिडियोमा निर्देशक मैसम हिमालीले पनि राम्रो कौशल देखाएका छन् ।

म्युजिक भिडियोमा गायिका आलेको साल्सा नृत्य उत्कृष्ट रहेको प्रतिक्रिया युट्युबमा देख्न सकिन्छ । गीतका एरेञ्जर कमल सौराग हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।