३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबल खेल्ने दक्षिण एसियाली टिमलाई झट्का

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २९ जेठ । विश्वकप फुटबलको तयारीमा रहेको अफ्रिकी देश सेनेगलले एसियाली देश दक्षिण कोरियालाई हराएको छ ।

विश्वकपअघिको अन्तिम अभ्यास खेलमा सेनेगलले विश्वकपको तयारीमा रहेको दक्षिण कोरियालाई २–० ले हराएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो । सेनेगलका लागि सुरुवाति गोल दक्षिण कोरियाले उपहारका रुपमा दिएको हो । ६७ औँ मिनेटमा किम योङ्ग–ग्वानले आत्मघाती गोल गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा मुसा कोनाटेले गोल गरे र सेनेगल २–० ले विजयी भयो ।

विश्वकपका लागि सेनेगल समूह ‘एच’मा छ । यो समूहमा पोल्याण्ड, जापान र कोलम्बिया पनि छन् । दक्षिण कोरिया रहेको समूह ‘एफ’मा जर्मनी, मेक्सिको र स्वीडेन छन् । एजेन्सी