काठमाडौं, २९ जेठ । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरूलाई आफ्नो योजनाअन्तर्गत वर्ल्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्न गइरहेको छ ।
हरेक खेलमा हुन सक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्ने छन् ।
यस खेलमा सहभागी हुन सहभागीले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ ।
हरेक दिन हरेक खेलमा आएको उत्तरहरूमध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिनेछ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा आएर पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको खेल यस पटक पनि निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
यस प्रतियोगितामा सहभागी हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नेछन् ।
यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आमव्यक्तिहरुलाई थप उत्सास एवं मनोरञ्जन प्रदान गर्ने गरी यस खेल संचालन गरिरहेको छ ।















प्रतिक्रिया