
काठमाडौं, २८ जेठ । उर्जा, जलस्रोत एवम् सिंचाईमन्त्री बर्षमान पुनले विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउने दाबी गरेका छन् । पिएचडी एसोशियसनको कार्यक्रमलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री पुनले छिट्टै देशलाई उर्जामा आत्मनिर्भर बनाउने घोषणा गरे ।
मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने उर्जामन्त्रालयको तयारी रहेको भन्दै विद्युत खपतको क्षमता समेत गुणात्मक रुपमा वृद्धि गर्ने योजना रहेको सुनाए ।
उनले भने, ‘विजुली उत्पादन भएपछि बजारको हामीलाई समस्या हुँदैन, हामी १० हजार मेगावाट खपत गर्ने आन्तरिक बजार बनाउँछौं, बाँकी ५ हजार हामीले निर्यात गर्ने योजना बनाएका छौँ ।’
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य समेत रहेका मन्त्री पुनले विकासको मुख्य इन्जिन भनेको उर्जा र सिंचाई भएको बताए । उनले सरकारले यो दशक उर्जा दशकको रुपमा बनाउने घोषणा गरिसकेको भन्दै आगामी ५ वर्षमा सबै जनताको पंहुचमा आधुनिक उर्जा पु¥याउने योजना रहेको बताए ।
मन्त्री पुनले आगामी ५ वर्षमा उद्योगी व्यवसायीले मागेजति विद्युतीय उर्जा दिन सरकार सक्षम हुने दाबी समेत गरे ।












प्रतिक्रिया