५ कार्तिक २०८३, बिहिबार

दलाल पुँजीलाई निरुत्साहित गरिनेछ –महासचिव पौडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का महासचिव विष्णु पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन व्यापारी व्यवसायीका समस्याहरु समाधान गर्न अबको सरकार तयार रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय बाणिज्य संघले काठमाण्डौंमा आयोजना गरेको विस्तारित बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले सो कुरा बताएका हुन् ।

बिभिन्न २६ बुँदे मागहरु राखेर संघद्वारा पेश गरीएको ज्ञापनपत्र बुझ्दै उनले भने, ‘नीतिगत र प्रसाशनिक झन्झटहरुलाई फुकाउँदै व्यवहारिक पक्षलाई आत्मसाथ गरी देशको बढ्दो व्यापार घाटालाई कम गर्न निर्यातजन्य बस्तुहरुको उत्पादनमा जोड दिदै अब हाम्रो पार्टी उत्पादन र उत्पादकत्व बढाउने, रोजगारीको अवसरहरुको सृजना गर्ने र आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अघि बढ्नेछ, त्यसकारण दलाल पँुजीलाई निरुत्साहित गरिनेछ ।’

व्यापारी व्यवसायीहरुको हकहितको निम्ति कृयाशिल नेपाल राष्ट्रिय बाणिज्य संघ सरकारको सहयोगी अंगको रुपमा आफ्नो भुमिका बदल्दै व्यवसायीक क्षेत्रका सबै नीति निमार्णका लागि महत्वपूर्ण सल्लाहकारको रुपमा आफुले पाएको महासचिव पौडेलले बताए ।