५ कार्तिक २०८३, बिहिबार

सिभिल बैंकद्वारा लमजुङको विद्यालयलाई कम्प्युटर हस्तान्तरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर प्रदान गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक दुर्गाराज पाण्डेयले विद्यालयका व्यवस्थापन सािमतिका अध्यक्ष शेरबहादुर अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारी, विद्यार्थी, अभिभावक तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो ।
गुणस्तरीय शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै कम्प्युटर हस्तान्तरण गरेको बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।