काठमाडौं, २८ जेठ । निजी क्षेत्रका बैंकहरूमध्ये २०७४ साल चैत मसान्तसम्मको बित्तीय बिवरण बमोजिमसबैभन्दा बढी निक्षेप संकलनगर्न एन आई सी एसिया बैंकले ग्राहक महानुभावहरूको हितलाई ध्यानमा राखी सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ ।
धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दती निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने छ ।
यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धन वर्षा मुद्दती निक्षेप योजना ग्राहक महानुभावहरू माझ अत्यन्त लोकप्रिय भएको थियो ।
धनवर्षा मुद्दती निक्षेप योजनाप्रति ग्राहकहरूकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएका बैंकले जनाएको छ ।
बैंकले यस पटक समेत धनवर्षा मुद्दती योजनाबाट बढीभन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहक महानुभावहरूले लाभ उठाउने विश्वास लिएको उल्लेख गरेको छ ।
यस योजनाअन्तर्गत देशभर रहेका एनआई सी एसिया बैंकको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । साथै एक वर्षको अवधिको लागि खोल्न सकिने यस मुद्दती योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिनेछ ।
ग्राहकवर्ग लगायत सबै सरोकारवालाहरूले बैंकप्रति दर्शाएको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाको फलस्वरुप हालसम्ममा २१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको तथा २१० ए टि एम सहित मुलुककै सबैभन्दा ठूलो ए टि एम सञ्जाल भएको बैंक बन्न सफल भैसकेको ेछ ।
समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५ हजार ५०० भन्दा बढी रेमिट्यान्स पेमेण्ट एजेण्ट सहित ५ हजार ९ सय ५१ भन्दा बढी भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन एनआई सि एशिया बैंक सफल भैसकेको छ ।















प्रतिक्रिया