२१ कार्तिक २०८३, शनिबार

अत्यधिक गर्मीका कारण महिलाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २७ जेठ । महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ ।

गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ ।

आज बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । -रासस