२१ कार्तिक २०८३, शनिबार

यार्सागुम्वासहित चार जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २७ जेठ । गोसाईकुण्ड गाउँपालिका २ स्थित रसुवागढीबाट सशस्त्र र नेपाल प्रहरीले करीव १ के.जी. यार्सागुम्वासहित चार जनालाई पक्राउ गरेको छ ।

आइतबार नेपालबाट चीनतर्फ जाँदै गरेको ना. ६ ख ४७८५ नम्बरको कन्टेनरमा जाँच गर्दा कन्टेनरको डिब्बामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको तीन पोका यार्सागुम्वा फेला परेपछि कन्टेनरका चालकसहित चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा कन्टेनरका चालक रसुवा जिल्लाको नौकुण्ड गाँउपालिका १ बस्ने १९ वर्षिय मंगल तामाङ, गोसाईकुण्ड गाँउपालिका १ बस्ने २९ वर्षिय जितबहादुर घले, सोही ठाउँ बस्ने २८ वर्षिय सुर्यबहादुर तामाङ र ३१ वर्षिय विमान घले छन् ।

पक्राउ परेकाहरुलाई बरामद यार्सागुम्वा र गाडीसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रक्रिया अघि बढेको छ ।