२१ कार्तिक २०८३, शनिबार

प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई जनाको सशस्त्रद्वारा उद्धार

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कास्की, २७ जेठ । प्याराग्लाइडिङ् गर्ने क्रममा फेवा तालमा खसेका दुई जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ ।
लेखनाथ महानगरपालिका १८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा हुरीको कारण अनियन्त्रित भई उनीहरु फेवातालमा खसेका थिए ।
उक्त दुुर्घटनाबारे जानकारी पाउन साथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोली तत्कालै घटनास्थल पुगी उद्धार कार्यमा जुटेको हो ।
सशस्त्र प्रहरी नायव निरीक्षक धमेन्द्र चौधरीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मोटरबोटको सहायताले चिनियाँ नागरिक ३० वर्षिया लियु फेन र पोखरा महानगरपालिका ६ लेखसाइड बस्ने ३२ वर्षिय सुरेश नेपालीको सकूशल उद्धार गरेको हो ।