१ कार्तिक २०८३, आइतबार

काँग्रेस र ३० दलीय मोर्चाबीचको बैठक सकारात्मक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ पुस । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस र एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाबीचको छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

बैठकमा दुबै पक्ष माघ ८ मै संविधान ल्याउने गरी विवादित विषयमा सहमति खोज्न सहमत भएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
बैठकमा दुई पक्षबीच बुधबारसम्ममा टुंगोमा पुग्ने गरी छलफल भएको उहाँको भनाई थियो ।

संविधान जारी गर्ने माघ ८ को समयसीमा नजिकनजिक आए पनि दलहरुबीच भने अझै पनि  राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली जस्ता विषयमा सहमति हुन सकेको छैन ।

जसले गर्दा संविधान निर्माण प्रक्रिया नै आवरुद्ध भएको छ ।  बालुवाटारमा मंगलबार नै  नेपाली काँग्रेस,नेकपा एमाले, एमाओवादी र मधेशी मार्चाबीच पनि छलफल हुँदैछ ।