२ कार्तिक २०८३, सोमबार

बन्द भयो लाइसेन्सको आवेदन, अब कहिले खुल्छ ?

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ जेठ । यातायात व्यवस्था विभागले विभिन्न कार्यालयबाट लिँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन बन्द गरेको छ ।

विभागले सूचना जारी गर्दै विभिन्न मातहतका कार्यालयलाई कुनै पनि फारम नलिन निर्देशन दिएको हो । पछिल्ला दिनमा विभागले अनलाइनबाट मात्रै फारम लिँदै आएको थियो ।

एकान्तकुना, सुकेधारा, जगाति, ठूलो भर्‍याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयलाई अनलाइन फारम रद्द गरिएको जनाउँदै विभागले आवेदन नलिन भनेको छ ।

साथै असार महिनाका लागि भरिएका फारम पनि नलिन विभागले भनेको छ । हालसम्म खुलाइएको अनलाइन फारमको ट्रायल असार १५ भित्र सक्नुपर्ने भएकाले यस आर्थिक वर्षमा कुनै पनि फारम नलिन विभागले कार्यालयहरुलाई निर्देशन दिएको हो ।

अनलाइनबाट फारम भरेकाहरुको असार मसान्तसम्म रिट्रायल सकेर राजश्व लगायतको हिसाव मिलान गर्नुपर्ने कारण देखाउँदै विभागले लाइसेन्सको फारम लिन बन्द गरेको छ । विभागले नयाँ आर्थिक वर्षको शुरुदेखि (साउन १ गतेदेखि) भने रुपमा आवेदन लिनेछ ।

साथै असार महिनाका लागि भरेको अनलाइन फारम पनि रद्द गरिने विभागले जनाएको छ । मुलुकभरबाट सरदर दैनिक झण्डै ५ हजारले लाइसेन्सका लागि आवेदन दिने गरेका छन् ।