५ कार्तिक २०८३, बिहिबार

बचतकर्तालाई वैज्ञानिक ढंगबाट निक्षेप वितरण गर्नुपर्नेमा जोड

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ जेठ । सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति आपत्ति जनाएको छ ।

सहकारी निक्षेप ठगी आरोपमा विसं २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई अदालतले जेल सजाय सुनाएपछि डिल्लीबजार कारागारमा सजाय भोगिरहेकामा गत साता धरौटीमा रिहा गरिएको थियो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले करीब ११ हजारभन्दा बढी निक्षेपकर्ताको रु चार अर्ब बराबरको साँवा तथा ब्याज फिर्ता गर्न नसकेका सञ्चालक बस्नेतलाई गरिएको रिहाइले पीडितको भावनामा चोट पुगेको बताइन् ।

उनले उक्त कम्पनीको अचल सम्पतिलाई सरकारले लिलाम गरी बचतकर्तालाई वैज्ञानिक ढंगबाट निक्षेप वितरण गर्नुपर्नेमा जोड दिँदै मुुलुकमा विधि र कानूनको शासन कायम गर्न बस्नेतको पुनः गिरफ्तारीको माग गरिन् ।

काठमाडौँ महानगरपालिका–३३ मैतीदेवीमा प्रधान कार्यालय स्थापना गरेको उक्त कम्पनी विसं २०५३ मा दर्ता भई देशको प्रमुख शहरहरुमा १३ वटा शाखा विस्तार गरेको थियो । कम्पनीले वित्तीय अनुशासन अवलम्बन नगरेका कारण आर्थिक असन्तुलन भएर विसं २०६९ देखि संस्था बन्द थियो ।

समितिले गृहमन्त्री रामबहादुर थापालाई गत शुक्रबार भेट गरी सो विषयमा ओरेन्टल पीडितका तर्फबाट ध्यानाकर्षणसमेत गराएको थियो । -रासस