२ कार्तिक २०८३, सोमबार

सगुनमा अन्तिम चरणका लागि लगानीको अवसर खुल्ला

9.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २७ जेठ । अमेरिकाका नेपालीले सुरु गरेको सोसियल इकमर्स साइट ‘सगुन’ले तेश्रो तथा अन्तिम चरणमा लगानीको अवसर खुल्ला गरेको छ ।

स्टार्ट अप कम्पनी सगुनले यही जुन १५ सम्म अन्तिम समयसीमा दिंदै लगानीका लागि ग्लाेबल शेयर निष्कासन गरेकाे छ । उत्तर कोरिया, इरान र नेपालभित्रबाट लगानी गर्न सकिदैन । तर, विदेशमा बस्ने बैंक खाता भएका नेपालीहरुले डेबिट/क्रेडिट कार्ड र वायर ट्रान्सफर मार्फत लगानी गर्न सक्नेछन् ।

लगानी गर्न प्रतिशेयर २३ डलरका दरले कम्तिमा एक हजार डलरको शेयर खरिद गर्न सक्नेछन् । तर, बढीमा भने वार्षिक आम्दानीको १० प्रतिशत लगानी सक्ने कम्पनीले जनाएको छ ।

www.sagoon.com/invest बाट शेयर सम्बन्धी जानकारी लिन सकिन्छ । यसमा भएको Live Talk बाट पनि जानकारी लिन सकिने कम्पनीले जनाएकाे छ ।

सगुनले गत वर्ष सन् २०१७, जुलाई २७ मा अमेरिकी निकाय ‘सेक्युरिटीजएण्ड एक्सचेन्ज कमिसनको कानूनी अधिनमा रहि मिनी आइपिओ मार्फत २० मिलियन डलर उठाउन पाउने अनुमति पाएको थियो ।

सगुनका सह संस्थापक कविन्द्र सिटौलाले हालसम्म पाँच मिलियन डलर उठिसकेको र हिन्दूस्तान टाइम्सले पाँच मिलियन डलर लगानी गर्ने घोषणा गरिसकेको जानकारी दिए ।

अहिले सगुनमा ४ हजार जना लगानीकर्ता रहेको जनाउँदै सिटौलाले लगानीकर्ता संख्या ८ हजार पुगे सगुन संसारकै सबैभन्दा ठूलो स्टार्ट अप कम्पनी हुने जिकिर गरे ।

‘नेपालीमाझ इनोभेसन कल्चर विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो’, सहसंस्थापक सिटौलाले भने, ‘नेपाललाई इनोभेटिभ देश भनेर विश्वमाझ चिनाउन चाहन्छौं हामी । तर हामीलाई विश्वभरका नेपालीको साथ आवश्यक छ ।’

‘कनेक्ट, शेयर, अर्न’ मिसन लिएको सगुनको सुरुका दिन दुई मिलियन डलर भ्यालुरहेकामा अहिले ९२ मिलियन डलर पुगेको र सन् २०२२ सम्म यो न्यूयोर्क स्टक एक्सचेन्जमा पुग्ने दावी छ ।

हाल प्रविधि विकास, बजार प्रवर्द्धन र विज्ञ पदपूर्तिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको सगुनले केही महिनाअघिमात्र दिल्लीमा ‘एन्ड्रोयड एप’ सार्वजनिक गरेको थियो । उसको ‘एन्ड्रोयड एप’ दश लाख बढि डाउनलोड भइसकेको छ । सगुनले गिफ्ट र सपिङका लागि निकट भविष्यमा ‘सोसियल स्मार्ट कार्ड’ ल्याइने समेत जनाएको छ ।

सगुनमा लगानी गर्न भारतीय ठूला मिडिया हाउससँगै सेलिब्रेटी पनि आकर्षित भएका बताइएको छ । हालैमात्र भारतकी चर्चित मिडिया सेलिब्रेटी मन्दिरा वेदीले सगुनमा लगानी गर्ने घोषणा गरेकी थिइन् । सगुनको भारतमा पनि कार्यालय छ ।