२१ कार्तिक २०८३, शनिबार

ब्लड क्यान्सर पीडित समिरालाई सहयोग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–माधव बेल्वासे
कपिलवस्तु, २६ जेठ । ३ वर्षीय ब्लड क्यान्सर पिडित समिरा बोहोराको उपचारको लागी समिरा बचाउ अभियानबाट उठेको सहयोग रकम हस्तान्तरण गरिएको छ । सञ्चारकर्मी अराज सिह बेल्वासेले सञ्चालन गरेको सो अभियानबाट नगद जम्मा भएको ६८ हजार रकम पीडितका बुवा सचिन बोहोरालाई हस्तान्तरण गरिएको हो ।

अर्घाखाँची जिल्ला सितगंगा निवासी सचिन बोहोरा विगत लामो समयदेखी छोरीको उपचारको लागी भारतको चंन्निगढ पिजि आइ अस्पतालमा रहेका छन् । त्यस्तै सोहि अभियानबाटै उपचारको लागी आइएमईबाट ३९ हजार ३ सय रकम प्राप्त भएको छ ।

चन्द्रौटामा पत्रकार सम्मेलन गरी सो रकम पिडितका बुवा सचिन बोहोरालाई दिइएको छ । बोहोरालाई करिव ८ लाख रकम सहयोग उपलव्ध भएको र उपचारको लागी १६ लाख रकम आवश्यक रहेको बताए । सहयोगीदाताहरुलाई धन्यवाद दिँदै बोहोराले थोपा थोपा गरि संकलन गरेको रकमले आफ्नी छोरी बाच्न सक्ने बताए । समिरालाई पहिला भन्दा धेरै सुधार भएको उनले बताए ।