१ कार्तिक २०८३, आइतबार

महजोडीले १०० घरपरिवारलाई वितरण गरे न्यानो कपडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maha-Jodi-madankrishna-haribamshaरौतहट, २२ पुस । हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले सोमबार रौतहटमा शीतलहरबाट पीडित दलित, विपन्न अवस्थामा रहेका १०० घरपरिवारलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

सो अवसरमा कलाकारद्वयले विभिन्न सञ्चारमाध्यममा रौतहटका सर्वसाधारण प्रभावित भएको भन्ने खबर पाएपछि थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

कलाकारद्वयले चन्द्रपुर नगरपालिका–१२, १३ तथा १४ का विभिन्न बस्तीमा पुगेर शीतलहर पीडितलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

हेल्प नेपाल नेटवर्क तथा चन्द्रपुर नगरपालिकास्थित शुभलाल भागवत उच्चमाविका पूर्वविद्यार्थीको सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

हास्यकलाकार श्रेष्ठ तथा आचार्य केही दिनदेखि रौतहटका विभिन्न गाउँमा नाटक सुटिङका क्रममा आउनुभएको हो । रासस