काठमाडौँ, २६ जेठ । रूकुम सिस्ने–३ बस्ने ३९ वर्षीय मान बहादुर खत्रीलगायत ३ जनालाई ६ किलो ५ सय ग्राम लागूऔषध अफिमसहित नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित दैलेखी जय होटलको कोठा नम्बर २ सय ४ बाट प्रहरीले शनिबार पक्राउ गरिएको हो ।
त्यस्तै, थार्के गाउँपालिका–२ घर बताउने २४ वर्षीय चन्चल तामाङलाई प्रहरीले २ किलो अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ । धुनिवेशी नगरपालिका–४ भट्टेडाँडामा प्रहरी चौकी जिवनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार तामाङ सवार बा ३० प २९७५ नम्बरको मोटरसाइकललाई चेक गर्दा झोलामा लुकाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया