२१ कार्तिक २०८३, शनिबार

जबर्जस्ती करणी आरोपमा एक जना वृद्ध पक्राउ

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २६ जेठ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना वृद्धलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने ६५ वर्षीय सिंहेश्वर पाण्डे रहेकको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । पाण्डेले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई भैँसी चराउन गएको बेला जबर्जस्ती करणी गरेको पीडितले आरोप लगाएका छन् ।

बालिकाको बुबाले यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भारदहमा जाहरी दर्ता गराइएको प्रहरीले जनाएको छ । यता यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । –रासस