
काठमाडौँ, २५ जेठ । फुटबल इतिहासकै सर्वकालिक महान खेलाडीको रुपमा रहेका क्रिस्टियानो रोनाल्डोका उनका छोरा समेत फुटबलमा भिज्न थालेका छन् ।
बिहिबार राति पोर्चुगलले अल्जेरियासँग खेलेको मैत्रीपूर्ण खेलमा ३–०ले हराएको थियो । यसै प्रतियोगिता दौरान जुनियर रोनाल्डोले आफू पनि फुटबलको दुनियाँमा भित्रिएको जनाउ दिएका छन् ।
७ वर्षीय जुनियरले आफ्नो बाबु जसरी उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए । उनले प्रहार गरेको बल पोष्टको बायाँ कर्नर च्याप्दै जाली चुमेको थियो । त्यतीखेर मैदानमै रहेका बाबुले हाँसो थाम्न सकेनन् ।केही स
मयको आरामपछि बिहिबार मैदान छिरेका रियल म्याड्रिड स्टार रोनाल्डोले बिहिबार गोल गर्न नसकेपनि अल्जेरियामाथि ३–०को जित निकालेको थियो ।
खेलको १७ औं मिनेटमा गोन्कालोले गोल गर्दै पोर्चुगललाई सूरुवाति अग्रता दिलाएका थिए । त्यसपछि रोनाल्डोले दिएको पासमा ३७ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई मध्यान्तरअघि २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा थप एक गोल भएको थियो । खेलको ५५ औँ मिनेटमा गोन्कालोलेनै व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलको ३–० को जित निश्चित भयो । विश्वकपको तयारी स्वरुप खेलेका तीन मैत्रीपूर्ण खेलमा उसको यो पहिलो जित हो । यसअघि उसले बेल्जियम र ट्युनिसियासँग बराबरी खेलेको थियो ।
विश्वकपमा पोर्चुगल समूह बी मा रहेको छ । उसले बलियो प्रतिद्वन्द्वी स्पेन, मोरक्को र इरानसँग प्रतिश्पर्धा गर्नेछ । पहिलो खेलमा पोर्चुगलले जुन १५ मा स्पेनको सामना गर्नेछ ।
हेर्नुहोस् भिडियो
https://youtu.be/1GKtZxmW4uw?t=18















प्रतिक्रिया