
काठमाडौँ, २५ जेठ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौँमा प्रदर्शन गरेको छ ।
‘मूल्य बृद्धि फिर्ता गर, लोककल्याणकारी राज्य व्यवस्था कायम गर’ लगायतका प्ले कार्डसहित नेविसंघले शुक्रबार विहान त्रिचन्द्र कलेजबाट सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।
नेविसंघको प्रदर्शनका क्रममा यातायात आवागमन प्रभावित भएको थियो । यसअघि गत शुक्रबार नेविसंघले काठमाडौं जिल्ला प्रशान कार्यालयमा अर्धनग्न प्रदर्शन गरेको थियो ।












प्रतिक्रिया