२१ कार्तिक २०८३, शनिबार

एक वर्षभित्र लागूऔषधको प्रयोग आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ जेठ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले एक वर्षभित्र लागूऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

लागूऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको आजको बैठकमा गृहमन्त्री थापाले समयसिमा बनाएर लागूऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री थापाले भने, ‘अहिले लागूऔषधको प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढीरहेको रिपोर्ट आएको छ, हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई आधा घटाउन सकिन्छ ।’

उनले यो सरकार पाँच वर्ष चल्ने भएकोले सो अवधीभित्र लागूऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्ण रुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन पनि दिए ।

उनले चिकित्सकको सिफारिसबिना मनोद्धिपक औषधी बेच्ने स्वास्थ्य संस्था र औषधी पसलहरुलाई ईजाजतपत्र रद्ध गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपन बताए । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सातै प्रदेशमा टोली बनाएर एकै पटक लागू पदार्थ विरुद्ध कारवाही सुरु गरिनुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयका डा. पुष्पा चौधरीले औषधी पसलको अनुगमनका लागि जनशक्ति अभाव रहेको भन्दै अब अनुगमनलाई तीव्रता दिने बताइन् ।