२१ कार्तिक २०८३, शनिबार

एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, २४ जेठ । चितवन जिल्लाको भरतपुर महानगरपालिका २९ स्थित जगेडीबाट एपीएफ टोलीले जेठ २४ गते करीव ६ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका बस्ने २० वर्षिय संगम गुरुङ र २४ वर्षिय अजय गुरुङ छन् ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय चितवनबाट खटिएको एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्दा उनीहरुको साथमा उल्लेखित गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुबाट प्राप्त सूचनाको आधारमा सोही महानगरपालिका सिमताल बस्ने ८६ वर्षिया मनमाया गुरुङको घरमा खानतलासी गर्दा लुकाई छिपाइ राखेको अवस्थामा करिब २ केजी गाँजा फेला परेपछि एपीएफ टोलीले उक्त गाँजासहितै गुरुङलाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद गाँजासहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।