२१ कार्तिक २०८३, शनिबार

फोरमलाई दिएको समर्थन निरन्तर, जथाभावी नबोल्न कार्यकर्तालाई राजपाको निर्देशन

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को सरकारलाई दिएको समर्थन निरन्तर हुने बताएको छ ।

बिहीबार बसेको अध्यक्षमण्डलको बैठकले प्रदेश नं. २ को सरकारका विरुद्ध कुनै पनि प्रकारले टिप्पणी नगर्न पार्टीका सबै नेता/कार्यकर्तालाई निर्देशन पनि दिएको छ ।

बुधबार मात्रै राजपाका नेता एवं प्रदेश सांसद मनिषकुमार सुमनले एउटा सार्वजनिक कार्यक्रममा प्रदेश २ मा संघीय समाजवादी फोरमलाई दिएको समर्थन र केन्द्रमा केपी ओलीलाई दिएको समर्थन लिने बताएका थिए ।

लालबाबु राउत नेतृत्वमा राजपा समेत सम्मिलित सरकारलाई राजपा नेपालको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय गरेको संयोजक महन्थ ठाकुरले जानकारी दिएको छ ।

केन्द्रमा नेकपाको सरकारमा फोरम नेपालको सहभागितासँगै प्रदेश नं. २ को सरकारको सम्बन्धमा विभिन्न प्रकारका अडकलवाजीहरु सार्वजनिक भएको भन्दै त्यसप्रति राजपा नेपाल अध्यक्ष मण्डलको गम्भिर ध्यानाकर्षण ठाकुरले जनाएका छन् ।