२१ कार्तिक २०८३, शनिबार

सार्वजनिक यातायातमा सह–चालकका रुपमा कार्यरत ४ बालकको उद्धार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ जेठ । सार्वजनिक यातायातलाई बालश्रममुक्त बनाउने अभियान अन्तरगत आज ४ जना बालकको उद्धार गरिएको छ ।

श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा बिहीबार ललितपुरको चापागाउँ दोबाटो र सातदोबाटो क्षेत्रमा अनुगमन गरि उनीहरुलाई उद्धार गरिएको हो ।

उपत्यकामा सञ्चालित बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायत सर्वाजनिक यातायातका साधनहरुमा बालश्रमरहित बनाउने अभियान चलिरहेको छ ।

अभियान अन्तरगत बिहीबार ७० वटा गाडीको अनुगमन गरि सचेतना मुलक स्टीकर टाँसिएको छ । अनुगमनका क्रममा १६ वर्ष मुनिका ४ जना बालक (२ जना बसबाट), (२ जना ट्रिपरबाट) लाई उद्वार गरि संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको श्रम कार्यालय बागमतीका प्रमुख उदय कुमार गुप्ताले जानकारी दिए ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउन पाइदैन ।