२१ कार्तिक २०८३, शनिबार

‘खाद्य स्वच्छता अपरिहार्य’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । कृषि, भुमी व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य स्वच्छदा दिवसका अवसरमा विहीबार ललितपुरमा भएको कार्यक्रममा खाद्य स्वच्छता मानव जीवनका लागि अपरिहार्य रहेको बताएकी छन् ।

स्टाफ कलेज जावलाखेलमा भएको कार्यक्रममा उनले खान पाउनु मात्रै मुख्य आवश्यकता नभएर दैनिक खाइरहेको खाद्य तथा पेय पदार्थ स्वच्छ छ वा छैन भन्ने विषय मुख्य रहेको बताइन् ।

मिसावटको कारणले मानव शरिरमा नयाँ नयाँ किसिमका रोग देखा परेको, बिरामी भएको र मृत्युु समेत हुने गरेको दृष्टान्त सार्दै चौधरीले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ लाई सरकारले संसोधनको प्रक्रिया अगाडि बढाएको बताइन् ।

जनताले उपभोग गर्ने सबै किसिमका खाद्य तथा पेय पदार्थ र पशुपंक्षी तथा जनावरहरुले उपभोग गर्ने दाना पदार्थहरु सबैको स्वच्छता र गुणस्तरीयता मापदण्ड बमोजिम छ वा छैन शंका लागे ा खाद्य प्रबिधि तथा गुण नियन्त्रणको नजिकको कार्यलय, विभाग वा मन्त्रालयमा जानकारी गराउन उनले आह्वान गरिन् ।