सन्तोष कुमार
पछिल्लो समय मोडलिङ गरेर पहिचान बनाउने यूवतीहरु बाक्लिदो छ । यसको ताजा उदाहरण हो निलम नगरकोटी । उनी रहरले मोडलिङ क्षेत्रमा पाइला राखिन् । अहिले उनी जम्न थालेकी छन् ।
सुरुमा दैनिक जसो सामाजिक सञ्जाल फेसबुकमा आकर्शक तस्विर अपलोड गर्ने निलम अहिले छापा र डिजिटल मिडियामा पनि ठाउँ ओग्ट्न थालेकी छन् । कलंकी घर भएकी निलम नगरकोटीले फेसबुकमा निकै चर्चा पाइन् ।
उनले आफ्नो फोटो अपलोड गरेपछि लाइक र कमेन्टको बर्षा नै भईरह्यो । जसले गर्दा उनी चर्चाको शिखिर चुम्न थालिन् । उनले चर्चामा ल्याउने मूल माध्यम फेसबुक नै हो ।
सानै उमेरदेखि नै मोडलिङ र कलाकारिता क्षेत्रमा जम्ने सोख राखेकी निलमको सोच पछिल्लो समय सार्थक बन्ने संकेत भेटिसकेको छ । निगलमले आफू परिवारबाट सकारात्मक सहयोग पाएको बताउँछिन् ।
मोडलिङलाई ब्यक्तित्व बिकासको रुपमा लिने निलम समाजले पचाउनेसम्म खुल्ने सोचमा छिन् । समाजले पचाउन नसक्ने हर्कत नगर्ने उनको दावी छ ।
उनले अंग प्रदर्शन गरेर चाँडै चर्चामा आउने काम नगर्ने बताईन् । उनले भनिन्, ‘ब्रा पनि मात्रै लाउन सक्छु । तर अंश ढाक्ने खालको ब्रा । जेहोस् परिवारले पचाउन सक्ने दृष्य दिन्छु ।’
मोडलिङ क्षेत्रमा चर्चा पाउन थालेकी निलमलाई धमाधम प्रेम प्रस्ताव आउन थालेका छन् । पुसमा मात्र करिब एक दर्जन बढी व्यक्तिले फेसबुकबाट प्रेम प्रस्ताव गरेका उनले बताईन् । भेटेर पनि प्रेम प्रस्ताव गर्न थाल्नेहरु बढेको उनको दावी छ ।
निलमले हालै गायक गायक पुस्कर सुनुवारको ‘मायाले साह्रै रुवाउँदो रहेछ’ गीतको भिडियोमा अभिनय गरेर आफ्नो प्रतिभाको ‘ट्रेलर’ देखाइसकेकी छिन् । नीलिमाले यसअघि सुजन ढकालको ‘प्रिया…..’ बोलको गीतको भिडियोमा अभिनय गरेकी थिइन् । सो भिडियोबाटै निलम निकै चर्चा कमाएकी छन् ।
स्नातकसम्मको अध्ययन गरेकी निलम नृत्य र अभिनयमा पनि उत्तिकै दख्खल राख्छिन् । फिल्म अभिनयमा पनि उनको रुचि छ ।
उनले दैनिक नेपालसँग भनिन्, ‘म मौकाको खोजीमा छु । फिल्ममा अभिनयको मौका पाए खेल्न तयार छु । तर समाजले पचाउने खालको दृष्य मात्र दिने सोच छ ।’













प्रतिक्रिया