१ कार्तिक २०८३, आइतबार

चिसोबाट महिलाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या आठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २१ पुस । महोत्तरीको किसाननगर गाविसकी एक महिलाको गएराति चिसोबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा किसाननगर घर भई हाल बर्दिबास नगरपालिका–४ बस्ने ४५ वर्षीया सुमित्रादेवी ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा विगत दुई दिनदेखि निरन्तर चलेको चिसो हावामा हिजो दिनभर ऊँखु काटेकी महिला ठाकुर गएराति सुतेकोमा उनको  चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । योसँगै यस वर्ष जिल्लामा चिसोबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । रासस