३ कार्तिक २०८३, मंगलबार

बेल्जियमसँग इजिप्टको लज्जास्पद हार

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ जेठ । विश्वकप फुटबलको तयारीमा रहेको बेल्जियमले विश्वकपकै तयारीमा रहेको अर्को टिम इजिप्टलाई पराजित भएको छ । विश्वकपको तयारी स्वरुप बुधबार राति भएको अभ्यास खेलमा बेल्जियमले इजिप्टमाथि ३–० को जित निकालेको हो ।

इजिप्टलाई हराउन बेल्जियमका लागि रामेलु लुकाकु, इडन हजार्ड र मारोउएन फेलाइनीले गोल गरे । २७ औँ मिनेटमा लुकाकुको गोलबाट बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । ३८ औँ मिनेटमा हजार्डले गोल गर्दै पहिलो हाफका २–० को अग्रता दिलाए ।

बेल्जियमका लागि इन्जुरी समयको दोस्रो मिनेटमा फेलाइनीले गोल गर्दै ३–० को जित दिलाए । चोटग्रस्त मोहम्मद सालह बिनाको टिम इजिप्टले एक गोल पनि फर्काउन सकेन ।

ब्रसेल्समा भएको खेलमा हजार्डले पहिलो गोलका लागि अवसर पनि सिर्जना गरेका थिए । विश्वकपका लागि बेल्जियम समूह जी मा छ । यो समूहमा इंग्ल्याण्ड, पानामा र ट्युनिसिया छन् । यस्तै इजिप्ट समूह ए मा छ र यो समूहमा रुस, साउदी अरेबिया र उरुग्वे पनि छन् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत अरु खेलमा नर्वेले पानामा तथा चेक गणतन्त्रले नाइजेरियालाई समान १–० ले हरायो । तर बेलारुस र हंगेरीले १–१ को बराबरी खेले । एजेन्सी