४ कार्तिक २०८३, बुधबार

‘छक्का पञ्जा ३’भित्र लफडा, खड्काले छाडे फिल्म

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायक पुष्प खड्काले ‘छक्का पञ्जा ३’ नखेल्ने भएका छन् । शुभ मुहर्तको अघिल्लो दिन मात्र फिल्ममा आवद्ध भएका पुष्पलाई फिल्म निर्माण युनिटले उनको ‘सिन’ के छ भन्नेसम्म थाहा नदिएपछि फिल्ममा नखेल्ने भएको स्रोतले बताएको छ ।

‘पुष्पलाई उनको ‘सिन’ र क्यारेक्टरको गेटअपको बारेमा पनि प्रष्ट पारिएको रहेनछ’, स्रोतले भन्यो । ‘छक्का पञ्जा ३’ निर्माता तथा कलाकार दीपकराज गिरी फिल्मको स्कृप्ट कसैलाई नदिने बताउँछन् ।

उनी भन्छन्, ‘हामी फिल्मको स्कृप्ट कसैलाई दिदैनौँ । उहाँको क्यारेक्टरबारेमा बताउँछौँ । यदी उहाँ सहमत हुनु भयो मात्र भने काम गर्ने हो ।’

पुष्पले भने समय नमिलेका कारण फिल्म छोडेको दीपक बताँउछन् । उनी भन्छन्, ‘पुष्पको समय नमिलेर होला ऊ हामीसँग जोइन हुन सकेनन् ।’

दीपकराजका अनुसार पुष्प फिल्ममा छैनन् । यस अघि ‘छक्का पञ्जा २’ मा पनि नायक प्रदीप खड्कालाई अफर गरिएको थियो । उनलाई पनि स्कृप्ट नदिएकाले फिल्म छोडेका थिए । त्यो क्रम ‘छक्का पञ्जा ३’ सम्म पनि आइपुगेको छ ।