२१ कार्तिक २०८३, शनिबार

एपीएफ टोलीद्वारा भारतबाट ल्याइएको अवैध लत्ताकपडा बरामद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २३ जेठ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १ स्थित पुरानो फूलबारीबाट एपीएफ टोलीले करीव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको सो लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय कैलालीबाट सशस्त्र प्रहरी नायव निरीक्षक मथुरादत्त भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाएको उनले बताए ।