२१ कार्तिक २०८३, शनिबार

सत्तारुढ दलकै कारण संसद नियमावली पारित नभएको हो : पौडेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सत्तारुढ दल नेकपाकै कारण संसद सञ्चालन नियमावली पारित हुन ढिलाई भैरहेको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सत्तारुढ दलकै कारण नियामावली पारित हुन नसकेको बताएका हुन् । पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्थासहित संघीय संसदको दुवै सदनमा विचाराधीन संसद नियमावली पारित गर्न दुई तिहाई बहुमत प्राप्त सरकारलाई कसले रोक्यो भनि प्रश्न गरे ।

उनले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्था संसद नियमावलीमा नभई कानुनमै व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । अदालतले संसदको नियमावली नचिन्ने बताउँदै उनले अदालतले नै चिन्नेगरि निलम्बन गर्ने व्यवस्था गर्न उनको माग थियो ।

उनले भने, ‘कांग्रेस अपराधी, बलात्कारीको बचाउ गर्न लागेको होईन, नेकपालाई आफूले चाहेको काम गर्न संसदमा अवरोध गर्ने स्थिति छैन, उहाँहरुसँग दुई तिहाई बुहमत छ, नियामावली पारित गर्न कसले रोक्यो ? कांग्रेसले नचाहेरेर नियामावली रोकिएको होईन ।’ सरकारले संविधान संशोधनको नाममा मुलुकमा राजनीतिक अस्थिरता ल्याउन चाहेको नेता पौडेलको आरोप छ ।