२१ कार्तिक २०८३, शनिबार

नेविसंघको आयोजनामा ‘एनएसयु टेक फेस्ट’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ जेठ । नेपाल विद्यार्थी संघको आयोजनामा जेठ २६ गते एकदिने ‘एनएसयु टेक फेस्ट’ २०७५ को आयोजना गरिने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा नेविसंघकी केन्द्रीय सदस्य एवम् ईञ्जिनियर मेली शाहले पत्रकार सम्मेलन गरेर विभिन्न क्लेजमा अध्ययनरत विद्यार्थी एव्म सिर्जनशिल उद्यमीहरुलाई लगानीको वातावरण र्सिजना गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिएकी हुन ।

राजधानीको अन्नपूर्ण होटेल दरबारमार्गमा सम्पन्न हुने कार्यक्रमका बारेमा जानकारी दिदै केन्द्रीय सदस्य शाहले भनिन्, ‘यस्तो खालको कार्यक्रम पहिलो पटक हो, कलेज स्तरमा व्यापारी वर्गहरुलाई उपस्थित गराएर विद्यार्थीहरुको क्षमता र दक्षता हरेर उहाँहरुले लगानी गर्ने मनस्थिति बनाउन सक्नुहुन्छ, यसबाट धेरै भन्दा धेरै विद्यार्थीहरुले लाभ लिन सक्ने हामीले आकलन गरेका छौं, विहान ९ बजेदेखि साँझ पाँच बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।’

उनले अघि थपिन्, ‘विभिन्न कलेजमा पढ्ने विद्यार्थीहरुले ल्याएर आएका आडियाहरुलाई लगानी कर्ताको बीचमा राख्ने कोसिस हाम्रो रहने छ, त्यसले फाईदा हुनेखालका कन्सेप्टहरुमा लगानी गर्न उद्धत गराउने हाम्रो विश्वास हो ।’

राजनीतिक दलहरुका कार्यकर्ताहरुले केवल आन्दोलन मात्रै गर्न जानेको छन् अरु कुनै कुरा सिकेका छैनन् भन्ने खालको समाजमा रहेको भ्रमलाई चिर्नको लागि आफूहरुले यो कार्यक्रमको आयोजना गरिएको शाहले जानकारी दिईन ।

उक्त इभेन्टमा भौतिक निर्माण र आधुनिक प्रविधि गरि दुई विधामा उपस्थित मध्यबाट एक–एक समूहलाई विजेता घोषणा गर्ने आयोजकले जानकारी दिएको छ । विजेताले एक–एक लाख नगद रुपैयाँ प्राप्त गर्नेछन् ।

कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रममा विभिन्न क्षेत्रका लगानी कर्ताहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।